बेइजिङमा एकसय चालीस वर्षपछि भीषण वर्षा,कम्तीमा २० जनाको मृत्यु

काठमाण्डु टुडे २०८० साउन १७ गते १७:२० मा प्रकाशित

काठमाण्डु १७ साउन चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाका कारण बाढी र डुबान भएको छ।

समाचार संस्था एपीका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्।

१४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो। अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन।डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us