परिवारसहित अमेरिका पुगे मेसी

काठमाण्डु टुडे २०८० असार २७ गते १५:१६ मा प्रकाशित

एजेन्सी- मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इम्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिका पुगेका छन् ।

सात पटकको बेलन डीओर विजेता ३६ वर्षीय मेसी परिवासहित अमेरिका पुगेका हुन् । उनको विमान स्थानीय समयअनुसार, मंगलबार अबेर मियामीमा अवतरण गरेको समाचारमा जनाइएको छ ।

उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर यसै सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् । केही दिनभित्रै उनी र क्लबमा आबद्ध भएका अन्य नयाँ खेलाडीलाई इन्टर मियामीले औपचारिक रुपमा परिचय गराउने कार्यक्रम रहेको छ ।

खेलाडीलाई परिचय गराउने आगामी आइतबार इन्टर मियामीले विशेष कार्यक्रम आयोजना गर्ने बताइएको छ । मेसीले यसै महिना  इन्टर मियामीको तर्फबाट पहिलो खेल खेल्ने पनि समाचारमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us