
काठमाण्डु ,२७ असार- बहुविवाह आरोपमा महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।
वडाध्यक्ष महतोलाई मंगलबार बेलुका पक्राउ गरीएको हो। जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।