
एजेन्सी- भारतको पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूका अनुसार परगना,वीरभूम,दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् ।एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो ।
विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको बताइएको छ । उनी कांग्रेस समर्थक कार्यकर्ता थिए । प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री समेत बरामद गरेको छ ।