हामीलाई प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो:केपी ओली

काठमाण्डु टुडे २०८० असार २० गते १८:१४ मा प्रकाशित

काठमाण्डु ,२० असार- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए।‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ उनले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो।

उहाँबाट साह्रै भएन।’प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन गर्दै उनले आफूलाई प्रधानमन्त्री बनाउन पटक९पटक दिल्ली गएको बताएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us