
काठमाण्डु ,२० असार- सप्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सम्भुनाथ नगरपालिका९५ मोहनपुर बस्ने ईनरदेव चौधरी रहेका छन। सामान्य सोधपुछका क्रममा उनले श्रीमतीमाथि कुटपिट गरेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।
मंगलबार सौही स्थानमा ३२ वर्षीया किरणकुमारी चौधरी कोठामा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल उपचारका लागि कठौनास्थित कृष्ण अस्पताल पुर्यााइएपनि उनलाई मृत घोषणा थियो।
अस्पतालमा किरणको मृत्यु भएपछि उनका श्रीमान् मंगलबार नै पक्राउ परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।