
काठमाण्डु ,२० असार-, मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ ।
एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि तयार भएको छैन ।यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ ।
तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुदाँ ताप्लेजुङ जिल्लावासी समस्या खेप्नु परेको छ ।तीन साता भइसक्दा पनि पुल सञ्चालन आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्कविच्छेद भएको छ ।बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन ।
सुरुमा एकहप्तामै सकिने हल्ला गरिए पनि तीन साता बितिसक्दा पनि अझै कहिले सकिएला भन्ने अन्योलता देखिएको छ ।केही पटक ‘ड्राइभर्सन’बाट गाडी तारिएको छ, भने फड्के बनाएर आवतजावत हुदैँ छ ।
बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् ।राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो ।
त्यही दिन प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आउँदा प्रतिकुल मौसमका कारण हेलिकप्टर बस्न सकेन ।
केही दिन अगाडि मात्र विभागीय प्रमुखसँग भौतिक पूर्वाधारमन्त्री प्रकास ज्वालाले स्थलगत अवलोकन गरेका थिए । संघीय सरकारलेनै निकै चासो राख्दा पनि हालसम्म राजमार्ग सञ्चालन आउन सकेको छैन ।अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्न लगायका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए ।
लामो समय राजर्माग अवरुद्धहँुदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सरकारले सम्पूर्ण शक्ति लगाएर काम सक्नुपर्ने हो तर १८ दिन वित्तिसक्दा पनि बेलिब्रिज सञ्चालनमा नआउँदा दैनिक हजाराँंको सङ्ख्यामा यात्रलाई सास्ती खेप्नु परेको छ ।
छिटोभन्दा छिटो बेलिब्रिज बनाउनका लागि प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।‘बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो ।
आवश्यक सामग्री समयमै पुर्यााएका थियौँ । फाउण्डेसन बनाउननै बाढीले समस्या गरायो’ उनले भने ।जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ । सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने निर्माणमा भइरहेको छ ।
-रासस