कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८० असार २० गते १४:५० मा प्रकाशित

काठमाण्डु ,२० असार-नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको हो। बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।

कांग्रेसले गत वर्ष पनी असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो।त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us