प्रधानमन्त्री प्रचण्ड’को हिम्मतले ठुला माछा भनिनेहरु जेल पुगे:पन्चा सिंह

काठमाण्डु टुडे २०८० असार २० गते १४:२० मा प्रकाशित

काठमाण्डु, २० असार- अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिम्मतले ठुला माछा भनिनेहरु जेल पुगेका
बताएकी छन् ।

आज कीर्तिपुर स्थीत स्ववियू काउन्सिलको तेस्रो भेलालाई सम्बोधन गर्दै सिंहले यस्तो बताएकी हुन। उनले प्रधानमन्त्रीले सरकारको तर्फबाट भ्रष्टाचार विरुद्ध अभियान चलाएको बताइन् ।

सिंहले भनिन्, नेपाल सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई साहसपूर्वक अघि बढाएको छ । आज ठुला माछाहरु जेलको छिँडिमा कैदी बनेर बिताइरहेका छन् ।

आज यस्ता मान्छेलाई कैदी बनाउन हिम्मत गर्ने र मुलुकको कायापलट गर्ने उहाँले सपना देख्नुभएको छ’ ‘हिजो प्रधानमन्त्रीज्यूले वर्ग संघर्ष गर्न कासन गरेकाले हामी जस्ता युवाहरु बलिदान गर्न तयार भयौं ।

फाँसीकोतक्तामा लट्किन तयार बनेका हौं ।’अहिले जनता कुन पार्टी, कसको झण्डालाई ट्रेड मार्क नबनाएर जनता भ्रष्टाचारबाट अजित भएको सिंहले बताइन् । जनतालाई सुशासन र समृद्धि चाहिएकाले सरकार सहासपूर्वक अघि बढ्नुपर्ने उनको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us