
काठमाण्डु ,२० असार– एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन ।
महासचिव पोखरेलले यसप्रति सांसदहरूको गम्भीर ध्यान जानुपर्ने बताएका छन । उनले भने, ‘जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य छ ।
यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीर रूपमा जाने नै छ,’ ।यसबारे उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन ।उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् ।
’प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त शृङ्खलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।प्रधानमन्त्रीको हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुङ्गो लगाउने निकाय प्रतिनिधि सभा नै हो ।
जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीर रूपमा जाने नै छ ।’
मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ ।