प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८० असार २० गते १२:३७ मा प्रकाशित

काठमाण्डु ,२० असार- नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

बैठक दिउँसो साढे १ बजे बस्नलागेको हो। बैठक सिंहदरबारमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने पार्टीका एक उच्च नेताले बताए।

‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमालेका ती नेताले भने, ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं ।

प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us