दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८० असार २० गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २० असार- कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका९ ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको प्रहरी ले बताएको छ।उनीहरु श्रीमान् श्रीमती हुन् ।प्रहरीका अनुसार २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा उनीहरुविरुद्ध जाहेरी दर्ता भएको थियो ।

प्रहरीले सोमबार मात्र उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ ।

बैतडीमा किस्मती चन्दको नामबाट नागरिकता लिएकी उनले कञ्चनपुरमा भने कलावतीको नामबाट लिएको भेटीएको छ। ।बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर झरेकी चन्दले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाट समेत नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us