ओबामाको घर नजिकै शंकास्पद व्यक्ति पक्राउ, विस्फोटक पदार्थ बरामद

काठमाण्डु टुडे २०८० असार १६ गते १८:३७ मा प्रकाशित

एजेन्सी, न्युर्योक -पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ ।

सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन, डीसी घर नजिकै पक्राउ गरिएका हालै सार्बजनिक गरिएको हो ।

सीबीएस न्यूजको रिपोर्टमा भनिएको छ, ‘गुप्तचरहरूले टारान्टोलाई ओबामाको घर नजिकै देखे र उनलाई पछ्याउन थाले। टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नुअघि नै उनलाई पक्राउ गरियो।’गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान नजिकै पार्क गरिएको भेट्टाए, जसमा धेरै हतियार र विस्फोटक सामग्रीहरू थिए ।

यद्यपि, सीबीएस न्यूजले रिपोर्ट गरे अनुसार ती सामग्री एसेम्बल भने गरिएको थिएन ।टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिविरुद्ध धम्की दिएका थिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो ।खासमा उनीविरुद्ध २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि पक्राउ पुर्जीसमेत जारी भएको छ ।

अधिकारीहरूले ओबामाको छिमेकमा टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखिन्थे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us