
काठमाण्डु, ५ असार- काठमाण्डु महानगरपालिका-१४ कलङ्की बाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्रउ पर्नेमा झापा घर भई काठमाण्डु बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसहीत ६ जनालाई पक्राउ गरेको हो।उनीहरुलाई सोमबार राति विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई कलङ्की बस्ने कान्छी माया तामाङको टहरामा नगद १ लाख ९ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।