
काठमाण्डु ,५ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको पक्षयमा जिल्ला अदालत, काठमाण्डुबाहिर प्रदर्शन गर्नेहरुलाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चलाउने माथी आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्धभएको बृहत नागरिक आन्दोलनको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए । ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाण्डुमा विचाराधीन छ ।
सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।