भैरहवामा हवाई रुट दिन भारत सकारात्मक

काठमाण्डु टुडे २०८० असार ५ गते ९:०४ मा प्रकाशित

भैरहवा, ५ असार– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई रूट दिन भारत सकारात्मक रहेको बताएका छन् ।

योग दिवसका अवसरमा मंगलबार लुम्बिनीमा आयोजित कार्यक्रममा उनले हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताए ।

‘नेपाल र भारत सरकारबीच हवाई रुटका बारेमा सकारात्मक छलफल भइरहेको छ’, उनले भने, ‘आशा गरौं सकारात्मक नै नतिजा आउनेछ । उनले नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई कसरी सुदृढ बनाएर जाने भन्नेबारेमा पनि दुई देशबीच उच्चस्तरमा कुराकानी भइरहेको बताए ।

फरक प्रसंगमा उनले पछिल्लो समय योगाको महत्व नेपाल र भारतमा मात्र नभई विश्वभर फैलिनु सकारात्मक भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us