सडक खनिरहेका बेला पहिरो खस्दा एकको मृत्यु

काठमाण्डु टुडे २०८० असार ४ गते १९:१६ मा प्रकाशित

तनहुँ, ४ असार– तनहुँको व्यासमा सोमबार पहिरोमा पुरिएर सडक मर्मतको काम गरिरहेका एक जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिकाको गुणाधीमा सडक निर्धाण भइरहेका बेला माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरी प्रमुख एसपी अवदेश विष्टले मृतकको सनाखत हुन बाँकी रहेको बताए ।

पहिरोमा पुरिएका तीन जनालाई उद्धार गरी अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । बाँकी दुई जनाको उपचार जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us