समाजवादी मोर्चामा ‘कमरेड उपेन्द्र यादव’ !

काठमाण्डु टुडे २०८० असार ४ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, ४ असार -समाजवादी मोर्चा घोषणा कार्यक्रममा सबैभन्दा अन्तिम वक्ताको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सम्बोधन गरिरहेका छन्।

सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरुको मोर्चा कसैको विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे ।उनले बरु मोर्चा सबैलाई समेटेर अघि बढ्ने बताए । उनले मुलुकलाई समाजवादतर्फ लैजानको लागि आफूहरु गम्भीर रहेको सुनाए ।

उनले हिजो हतारमा नेकपाको गठन गरेको भन्दै अहिले भने हतार नगरी मोर्चाको बाटोबाट जान लागिएको जिकिर गरे ।

सम्बोधनका क्रममा उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कमरेड भनेपछि हलमा तालीको गडगडाहट गुञ्जिएको छ।उनले उपेन्द्र यादवलाई कमरेड भनी सम्बोधन गरेपछि केही छिन रोकिएर उनको अनुहार हेरेका थिए।

त्यसपछि कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले प्रचण्डको अभिव्यक्तिको स्वागत गर्दै ताली बजाएका छन।यस अघी कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यादवलाई कमरेड भनी सम्बोधन गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us