मोर्चा बनाएर हामीले कसैलाई घुर्क्याउन खोजेका हैनौं:माधव नेपाल

काठमाण्डु टुडे २०८० असार ४ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, ४ असार- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कुनै पर्टीलाइ पनी घुर्क्याउन नखोजेको बताएका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं।

कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं। कसैलाई तर्साउन पनि चाहेका हैनौं। नतर्सिनुस्, ढुक्क हुनुस्,’ उनले भने।यस प्रगतिको पक्षमा नहुने, अग्रगमनको पक्षमा नहुने, परिवर्तनको पक्षमा नहुनेहरू नै यस मोर्चाबाट तर्सिने उनले बताए।

तिनै तर्सिन्छन् जो प्रगतिको पक्षमा छैन। तिनै तर्सिन्छन् जो अग्रगमनको पक्षमा छैनन्। तिनै तर्सिन्छन् जो समाजलाई अमूल परिवर्तनको गर्नुपर्छ भने मान्यताको पक्षमा छैन,’ उनले भने, ‘अरू सबै ढुक्कसँग बसे हुन्छ। किनभने मोर्चा केही नयाँपन पनि छ। तर यो पहिलपटक मोर्चा बनेको छैन।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us