प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी (लाइभ)

काठमाण्डु टुडे २०८० जेठ २६ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल आज पनि जारी छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि केही दिनयता संसदमा छलफल चल्दै आएको छ ।

छलफलमा सत्तापक्षका सॅासदले बजेटको समर्थन गरिरहेका छन् भने एमालेसहित विपक्षी सॅासदले वर्तमानको आवश्यकता सम्बोधन गर्ननसकेको भन्दै अर्को बजेट ल्याउन माग गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us