
काठमाण्डु, २६ जेठ– प्रहरीले घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्द्र ५७ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ गरेको छ ।
पक्रउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची ११ घर भई काठमाण्डुको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने रामचन्द्र चालिसे रहेका छन ।
रामचन्द्र चालिसेले उत्तमकुमार, राजकुमार तामाङ, सोनुबाबु लामा र विष्णु क्षेत्री तथा गणेशबहादुर खड्का लगायतका व्यक्तिलाई ऋण दिन्छु भनेर उनीहरुसँग ५७ लाख २० हजार लिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका सूचना अधिकारी प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन ।
उनले अर्काएको नागरिकता दुरुपयोग गरेर विभिन्न बैंकमा खाता खोली ती खाताको चेक दिइ उनीहरुलाई ठगेको पाइएको प्रहरीले बताएको छ ।
घर जग्गा लोन सेवा नामको फेसबुक पेजबाट सम्पर्क भएका रामचन्द्र चालिसेबाट कोही ठगीमा परेको भए जिल्ला प्रहरी परिसर टेकुमा सम्पर्क गर्न पनि प्रहरी उपरीक्षक रिजालले बताएका छन ।