राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीको बेञ्च पूरै खाली!

काठमाण्डु टुडे २०८० जेठ २६ गते १५:१५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– आज शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा केहीबेर प्रतिपक्षी बेञ्च पूरै खाली भएको छ । शुक्रबार राष्ट्रिय सभाको दुई वटा बैठक बस्यो। पहिलो बैठकमा सांसदहरुले बजेटमाथि सांसदहरुले प्रश्न सोध्ने काम जारी थियो।

सकिएपछि स्थगित भएर अर्को बैठक राखिएको थियो। दोस्रो बैठकमा समयमै प्रतिपक्षी दलका सांसदहरु उपस्थित नहुँदा खाली भएको हो ।

प्रतिपक्षी दलका सांसदहरु नदेखेपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले केही प्रतिपक्षी बेन्चतिर हेर्दै ‘खै प्रतिपक्षी माननीयहरु’ भन्दै प्रश्न गरेका थिए ।

केही बेरपछि एमाले सांसदहरु हाउसमा प्रवेश गरे। संयोगवश प्रतिपक्षी बेन्च केहीबेर खाली देखिन पुगेको राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिएका छन ।

उनले भने, ‘केहीबेर प्रतिपक्षी बेन्च खाली भएको हो।’ राष्ट्रिय सभामा अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रम जारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us