यथास्थितिमा बजेट पास हुँदैन: माधव नेपाल

काठमाण्डु टुडे २०८० जेठ २६ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नसक्ने बताएका छन ।

आज (शुक्रबार) काठमाण्डुमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन ।

उनले भने, ‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’ उनले भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताएका छन ।

उनले आफुहरु सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने बताएका छन । उनले भने,‘अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us