यथास्थितिमा बजेट पास हुन दिँदैनौँ, बरु सरकार छोड्नु परे परोस्: राजेन्द्र पाण्डे

काठमाण्डु टुडे २०८० जेठ २६ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नसक्ने बताएका छन् ।

आज (शुक्रबार) पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई काठमाण्डुमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन ।

उनले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नसक्ने बताएका छन । उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७० र ७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्टाइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्टाइएको भन्दै कुनै पनि अवस्थामा यो सह्य नहुने उनले बताएका छन ।

पूर्वमन्त्री समेत रहेका पाण्डेले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य हुन नसक्ने बताएका छन ।

उनले यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको बताएका छन । उनले भने, ‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ ।

यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन’, पाण्डेको भनाइ छ । उनले आफू प्रतिपक्षको सांसद भएर नभई सत्ता पक्षकै भएर पनि यहीँ स्थितिमा यो बजेट पास हुन नसक्ने बताएका छन ।

उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो । अब त्यो ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०र७५ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा । यसरी बजेट विनियोजन भएको छ ।

आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन’ ‘१६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन ।

आजको जनता २०४८ सालको जनता होइन । अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ । सरकार छोड्न परे परोस्, यो अन्याय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us