
काठमाण्डु, २८ वैशाख– काठमाण्डुबाट भोजपुरका लागी उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान प्राविधिक समस्या आएपछि काठमाण्डु नै फर्ता भएको छ ।
आज (बिहिबार) बिहान ६ बजेर ३३ मिनेटमा उडेको विमानमा प्राविधिक समस्या देखिएको भनेर विमानलाई काठमाण्डुनै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन ।