धारिलो हतियार प्रहारबाट गल्छीमा एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २८ गते ११:२८ मा प्रकाशित

धादिङ, २८ वैशाख– धादिङमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगर रहेका छन ।

होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाण्डुमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले जानकारी दिएका छन ।

मिश्रले भने, ‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबी सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गयो’ ।

प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्राउ गरेको उनले जानकारी दिएका छन ।

यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी मिश्रले जानकारी दिएका छन ।

थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका छन् । उनीहरुले होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us