कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०८० वैशाख २८ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

आज (बिहिबार) धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई प्रहरीले बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डुले तीन दिनको म्याद दिएको छ । खाँण पक्राउ परेलगत्तै देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । त्यसपछि शीर्ष नेताहरुसँग देउवाले छलफल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us