दार्चुलामा यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका, सशस्त्रको टोली परिचालन

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– दार्चुलामा यार्सागुम्बा खोज्न गएका ८/९ जना व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।

जिल्लाको ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८/९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने खबर खाएपछि सशस्त्रको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

सशस्त्रको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टाली अहिले घटनास्थलतर्फ गइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us