मोटरसाइकल चोरी गरेको आरोपमा काठमाण्डुबाट दुईजना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– प्रहरीले काठमाण्डुबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २५ वर्षीय लोकबहादुर पाख्रिन र काभ्रे घर भएका २८ वर्षीय सुजन तामाङ रहेका छन ।

काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरुबाट मोटरसाइकलहरु चोरी हुने गरेको भन्ने सूचनाका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनी हरुलाई पक्राउ गरेको हो ।

१५ वैशाखमा जिल्ला ललितपुर भैँसेपाटीबाट पाख्रिनलाई बाग्मती प्रदेश ०२–०२८ प ४४४८ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

प्रहरीले सोधपुछ गर्दै जाँदा बौद्ध नयाँबस्ती बस्ने तामाङले दिएको खुलाएका थिए । तामाङलाई यसबारे सोधपुछ गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बा।प्र।०२ ०२१ प ४१७२ खुलेको प्रहरीले बताएको छ ।

दुवै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाँउ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us