रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको निधन

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा को उपचारका क्रममा मृत्यु भएको छ ।

उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १ ३५ बजे मृत्यु भएको मेडसिटी अस्पतालले जानकारी दिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

उनलाई चितवनकै पुरानो मेडिकल कलेजमा उपचार गराए पछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us