चार वटा ढुङ्गा हानेर हिँड्नेलाई देशको मतलब छैन: केपी ओली

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लागेको र सुधारमा ध्यान नदिने हो भने अबको एक डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने खतरा भएको बताएका छन ।

आज (मंगलबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ यहाँ यत्तिकै हाहा हुँहूँ गरेर कुद्नेहरु, चार वटा ढुङ्गा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ?’

तिनका समर्थनमा स्टाटस र वक्तव्य दिनेहरुलाई देश वर्वादीमा गएकोमा कुनै मतलब नभएपनि एमालेलाई चिन्ता लागेको–ओलीले बताएका छन ।

उनले भने, ‘खानीजन्य उद्योग, अरु औद्योगिक उद्योगहरू, निर्माण व्यवसाय ध्वस्त भएको छ । एमालेको कार्यकालमा दिनमा सिक्स लेनका बाटा ६ किलोमिटरका दरले बन्थे’, ।

उनले आफ्नो कार्यकालमा पुनर्निर्माणका असीमित कामहरु भएको बताएका छन । उनले विकासको काम त्यसरी भएकाले नै धेरैले रोजगारी पाउनुका साथै अर्थतन्त्र चलायमान भएपनि अहिले ठप्पप्राय रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us