
काठमाण्डु, १९ वैशाख– १० वैशाखमा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज मंगलबार सांसद पदको शपथ ग्रहण गरेका छन् ।
उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । वैशाख १० भएको उपनिर्वाचनमा यादव बारा २ बाट निर्वाचित भएका थिए ।
वैशाख १० मै भएको उपनिर्वाचनमा चितवन– २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित डा स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए । यादव काठमाण्डु उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।