प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने घोषणा गरेका छन ।

सरकार बजेट निर्माणमा रहेको बताउँदै उनले विगतका कतिपय कुराहरु लाई बदल्ने बताएका छन । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन ।’

अनुदानका कार्यक्रमहरुमा समेत फेबदल गर्ने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन । उनले भने, ‘जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो ।

वास्तविक किसान जल्ले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने ब्यापक रुपले आयो ।

त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दैछु,’ । उनले आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us