राप्रपा प्रवक्ताको प्रश्नः के ओलीजी पनि ०६३ अघि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?

काठमाण्डु टुडे २०८० वैशाख १८ गते ७:५७ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहन श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले राजावादीहरुलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले उक्त अभिव्यक्ति फिर्ता लि आग्रह गरे । ओलीको अभिव्यक्तिले आफूहरुको आस्था र भावनामा चोट पुगेको उनको भनाइ छ । आइतबार आयोजित एक कार्यक्रममा ओलीले राजतन्त्र पक्षधरहरु फटाहा, स्वार्थी, अज्ञानी र मुर्ख हुने टिप्पणी गरेका थिए ।

‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरी एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ’, श्रेष्ठले भनेका छन, ‘राजसंस्था मान्नेहरू फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् ।’

श्रेष्ठले ०६३ अघि ओली पनि राजतन्त्र पक्षधर भएको भन्दै प्रश्न गरेका छन–, ‘०६३ सालसम्म के ओलीजीहरू पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us