
काठमाण्डु ,१७ वैशाख- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् ।
रवि लामिछानेसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन्।
जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू तत्काल सरकारमा आउने पक्षमा नरहेको बताएका थिए। यद्यपि, आफूहरूले पहिला लिएको मन्त्रालयबारे भने उनले जिज्ञासा राखेका थिए।
सभापतिज्यू बालुवाटार भेट्न जानुभयो। प्रधानमन्त्रीज्यूले भेटेरै बधाई दिने भन्नुभयो ।
राजनीतिक नेता भेट्न गएपछि केही कुरा हुने भयो । रास्वपाका एक नेताले भने प्रधानमन्त्रीले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने भन्नुभयो ।’
प्रधानमन्त्री प्रचण्ड रवि सरकारमा आए आफूलाई सहज हुने बुझाईमा छन् । तर, रविले सरकारमा जाने र समर्थन फिर्ताको विषयमा बैठकबाट आधिकारिक निर्णय गर्ने जवाफ दिएको ती नेताले बताए ।