१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप युवक पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख १७ गते १७:५० मा प्रकाशित

काठमाण्डु ,१७ वैशाख- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बाट एक जाना लाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका १ बस्ने २४ वर्षीय सरोज चौधरी रहेका छन । गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us