स्वर्णिम वाग्ले अर्थ समितिमा

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १७:०५ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले अर्थ समितिका सदस्य भएका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरुको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए ।

अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको सपथ लिएका थिए । अर्थ समितिमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत रहेका छन ।

एमालेबाट प्रमुख सचेतक पद्म गिरी अर्थ समितिमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us