एमाले केन्द्रीय कमिटी बैठक झापामा

काठमाण्डु टुडे २०८० वैशाख १२ गते १७:३० मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– प्रमुख प्रतिपक्षी दल एमालेले केन्द्रीय कमिटी बैठक झापामा बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिएका छन ।

बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ उनले बताएका छन । ४ मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान १० वैशाखमा सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us