
काठमाण्डु,७ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताएका छन । आज बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले कांग्रेस आफ्नो उम्मेदवार समेत उठाउन नसक्ने अवस्थामा पुगेको र कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताएका छन । उनले भने, ‘कांग्रेसका बारेमा म केही भन्दिनँ, बिचरा उम्मेदवार उठाउन सक्ने अवस्था छैन ।
कांग्रेसका नेताले कांग्रेस खाइसके । शेरबहादुरजी गठबन्धनलाई भोट माग्न आउनुभयो रे , आफैं सकिसक्यो’, । ओलीले माधव नेपालको पार्टी र जसपाप्रति संकेत गर्दै भने, ‘विना ढेउवाको गढीमाइमा आएछन्, कति चल्छ ?
कोही छाता ओढेर आउँछन् छाता नै ओढेर जान्छन्’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति पनि कटाक्ष गरेका छन ।उनले प्रचण्डले सहिद बढाउनेबाहेक केही काम नगरेको पनि बताएका छन ।
सन्ठी जोडेर बनेको म्यादी सरकार आफैं ढल्ने भन्दै उनले यो सरकारलाई एमालेले हात नलाउने बताएका छन । उनले सरकारलाई केही दिनको मेहमान मात्र भएको पनि बताए ।