रक्षामन्त्री खड्काले पाए कानुन मन्त्रालयको जिम्मेवारी

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १८:१९ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन् ।

राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us