
काठमाण्डु, १९ चैत– एमाले सांसद ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका छन् । आज आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन ।
सांसद गैरेले शनिवार सरकारी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाधडीको संज्ञा दिएका छन । उनले भने, ‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ ।
एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’