प्रचण्डलाई भेट्न बालुवाटार पुगे राष्ट्रपति पौडेल

काठमाण्डु टुडे २०७९ फागुन २६ गते ७:३९ मा प्रकाशित

काठमाण्डु, २६ फागुन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र बुझेर पौडेल संघीय संसद् भवन बानेश्वरबाट सीधै पत्नी सबितालाई लिएर प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई दिँदै बालुवाटारमा स्वागत गरेका थिए ।

एमाले उपाध्यक्ष सुवासचन्द्य्र नेम्वाङलाई फराकिलो मतान्तरले पराजित गर्दै पौडेल बिहीबार मुलुकको तेश्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us