
एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आज सोमबार गाडीमा बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन ।
उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको जानकारी दिएका छन ।
विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उनले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताएका छन । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।