
एजेन्सी– बंगलादेशमा अक्सिजन प्लान्टमा भएको विस्फोटमा ६ जनाको ज्यान गएको छ ।
दुर्घटनामा अरु २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने ठाउँमा शनिबार अक्सिजन प्लान्टमा विस्फोट भएको थियो ।
विस्फोटनपछि प्लान्टमा आगो लागेको थियो । आज बिहान मात्र अग्नि नियन्त्रकले आगलागी नियन्त्रणमा लिएका छन् ।