मलेसियाका गृहमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्री भेट्दै

काठमाण्डु टुडे २०७९ माघ २० गते १०:१३ मा प्रकाशित

dn]l;ofsf u[xdGqL sf7df8f}Fdf
sf7df8f}F, !( df3 . g]kfnsf] k|d’v >d uGtJo d’n’s dn]l;ofsf u[xdGqL ;}km’l2g gf;’;g O:dfOn tLg lbg] g]kfn e|d0fsf nflu laxLaf/ ;fFem sf7df8f}F cfpg’eof] . tl:a/ M ls/0f/fh lji6÷/f;;

काठमाण्डु, २० माघ– नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले आजदेखि उच्चस्तरीय भेटवार्ता थाल्ने भएका छन् ।

तीन दिने नेपाल भ्रमणका सिलसिलामा उनी बिहीबार काठमाण्डु आएका थिए । नेपाल बसाइका क्रममा नासुसनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगायतसँग भेट्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नासुसनले मलेसियाको विदेशी कामदार भित्र्याउने सम्बन्धी योजनाबारे नेपाली नेताहरुलाई जानकारी दिने बताइएको छ ।

नेपालका तर्फबाट भने दुई देशबीचको श्रम सम्झौतामा भएका प्रावधानअनुसार कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचार र बीमाका व्यवस्था कार्यान्वयन लगायत विषय उठाइने भएको छ ।

नेपालले निःशुल्क भिसामा नेपाली कामदार पठाउनेबारे पनि प्रस्ताव राख्ने भएको श्रम मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us