
काठमाण्डु,१८ पुस– नेकपा माअेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।
आज (सोमबार) माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले बताचएका छन ।
लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्ती पनि आकांक्षी रहेका थिए । तर माओवादीको लुम्बिनी प्रदेश कमिटीले महराको नाम प्रस्ताव गरेर सर्वसम्मत नेता चयन गर्न निर्देशन दिएको हो ।