सन्दीप लामिछानेको निवेदनमा सुनुवाइ हुन सकेन

काठमाण्डु टुडे २०७९ पुष १४ गते १५:३० मा प्रकाशित

काठमाण्डु,१४ पुस– सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै दिएको निवेदनमा आज बिहीबार सुनुवाइ हुन सकेन ।

क्रिकेटर लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ ।

तर हेर्न नभ्याइनेमा परेको छ । नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाण्डुले १८ कात्तिकमा पठाएको थियो ।लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us