पर्सामा विवाहमा झगडा हुँदा एक युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ६ गते १४:०९ मा प्रकाशित

काठमाण्डु ,६ पुस -पर्सामा विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका ३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दी रहेका छन ।सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो ।

सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको हो।

सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बतायका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us