
काठमाण्डु,६ पुस– नेकपा माओवादी केन्द्रले भोली बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताएकी छन ।
प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनले बताइन ।
माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद रहेका छन् ।