सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते

काठमाण्डु टुडे २०७९ पुष ६ गते १३:१० मा प्रकाशित

काठमाण्डु ६ पुस सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

सल्यान दमाचौर बाटदाङतर्फ जाँदै गरेको शारदा यातायात प्रालिको ना.८ ख.२५३ नम्बरको बस सल्यान सिद्धकुमाख गाउँपालिका– १ पटारे स्थित राप्ती राजमार्गमा गएराती ११ बजेतिर दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई सडकदेखि १० मिटर तल खेतमा खसेको छ ।३९ जना सवारमध्ये ७ जना घाइते भएका र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us